
काठमाडौं । निर्देशक अमनप्रताप अधिकारीले भदौ २३ गते विद्यार्थीहरूको हत्या गर्नेहरुविरुद्ध अपशब्द बोले पनि आफूले कुनै पनि संरचनामा आगजनी नगरेको प्रष्टीकरण दिएका छन् ।
भदौ २४ गते संसद् भवन जल्दै गर्दा अपशब्द बोलेर बनाएको भिडिओ भाइरल भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
सामाजिक सञ्जालबाट एक भिडिओ जारी गर्दै उनले आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर ४ जना स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएपछि आक्रोशमा आएर अपशब्द बोलेको बताएका हुन् ।
आफ्नो भिडियोमा अपशब्द सुनेर असहज लागेकोमा उनले माफी मागेका छन् तर, जोलक्षित अपशब्द बोलिएको हो त्यसमा आफूलाई पछुतो नभएको उनको भनाई छ ।
उनले कुनै पनि सरकारी र व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण ल्याउन पनि चुनौती दिएका छन् । प्रमाणित भए आफू जेल जान तयार रहेको उनको भनाई छ ।
यस्तो छ अधिकारीको प्रष्टीकरण
मेरै अगाडि पछाडि ४ जना स्कुल ड्रेस लगाएका बालबालिका ढले । त्यहीँ सहिद भए । भाद्र २४ को दिन ती विद्यार्थीहरू मेरो आँखामा मुटुमा आइरहेको अवस्था । आक्रोश बोकेर म फेरि संसद् भवन नै पुगे ।
भ्रष्ट्राचारविरुद्ध र अन्य केही एजेण्डा बोकेको जेनजी आन्दोलनलाई समर्थन गर्न म त्यहाँ पुगेको म त्यहाँ एक दिन अगाडिको हत्याले आक्रोश यसरी बढेको थियो । म मात्रै होइन त्यहाँ पुगेका लाखौंमा त्यही थियो । जो सरकार थियो त्यो सरकारले संसद् भवनभित्रबाट गोली प्रहार गरेको थियो । तपाइ मेरा छोराछोरी त्यही ढलेर सहिद भएका थिए । संसद् भित्र जाँदा सबै हुल भित्र जाँदा त्यो आक्रोश सबैमा देखिन्थ्यो । ममा पनि थियो ।
संसद भवन भित्र गइयो । भित्र गएर मैले मोबाइल निकाले र ती तपाईँका, मेरा छोराछोरीमाथि गोली प्रहार गर्ने । मेरा छोराछोरी पनि त्यही २३ गते आन्दोलनमा सरिक थिए । उनीहरु पनि त्यही संसद भवनमा थिए ।
तर तपाईँका कति छोराछोरी गोली लागेर सहिद भए नि । त्यो गोली हान्न आदेश दिने सरकार चलाउने र देश चलाइरहेकाहरुलाई के बोले त ‘तेरो देश सकियो’ भनेर बोले । त्यो कोमाथि इंगित थियो त जसले त्यो सरकार/देश चलाइरहेको थिए । जसले गोली हान्ने आदेश दियो । त्यो कसले दिएको थियो त केपी ओली ज्यूले सञ्चालन गरिरहेको भन्छु म । संसद् र देश थियो । उहाँलाई साथ दिने देउवा जी र प्रचण्ड जी उहाँहरू सबै र पुरै संसद् विरुद्ध मेरो आक्रोश थियो ।
ती छोराछोरी मेरो आँखा अगाडि मरेका त्यो आक्रोश थियो । त्यो आक्रोशमा मैले अपशब्द बोले । अपशब्द कसलाई बोले त मैले त्यो गोली हान्न आदेश दिने केपी ओली लिडेड पार्ल्यामेन्ट/गभरमेन्ट विरुद्ध मैले त्यो अपशब्द बोले ।
तपाईं हामी प्रति इंगित होइन । त्यो रिस राग मेरो आँखा अगाडी ती छोराछोरी मरेको आक्रोश थियो ।
अहिले त्यो शब्द सुन्दा अप्ठ्यारो लाग्छ । त्यसमा म माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुने थियो । तर जो विरुद्ध मैले अपशब्द बोलेको हो मलाई कुनै रिग्रेट छैन । किनभने उहाँहरुको आदेशमा तपाई हाम्रा छोराछोरी मारिएको हो । त्यो हत्याराविरुद्ध मैले अपशब्द बोलेको हो ।
अर्को कुरा संसद् भवन जलाए भन्ने जो हुनुहुन्छ नि एउटा प्रमाण निकाल्नुस् म जेल जान्छु । सिंहदरबार न्यायालय जलाएको प्रमाण छ भने देखाउनुहोस् म जेल जान्छु । कसैको घर जलाएको वा हातपात गरेको भए कुनै सानो फोटो होला नि देखाउनुहोस् म जेल जान्छु ।
अहिले पनि एन्टीकर्प्सन विरुद्धको लडाइ अहिले पनि बोकेर हिँडेको छु ।
जो हत्याराहरूलाई अहिलेको सरकारले पक्राउन गर्न सकेको छैन । यो अहिलेको सरकारले । अहिले सरकार पनि यदा गर्नुहोस है सरकारको काम पनि राम्रो देखिएको छैन ।
अहिले हेर्नुस् त सामाजिक सञ्जालमा भाद्र २३ को कुरा सबै मेट्न लागिसक्यो । ती हत्याराहरू भाग्न लागिसके, छुट्न लागिसके । २४ मा बिल्डिङ बलेको कुरा ठुलो भइरहेको छ । एउटा ज्यान र एउटा बिल्डिङ कहिल्यै पनि बराबर हुँदैन । कृपया त्यो याद गर्नुस्। र एन्टिकरप्सन र हत्याराहरुविद्ध मेरो आवाज यत्तिकै बुलंद रहनेछ ।

Leave a Reply