दुर्गा प्रसाईंले वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सीडिओमार्फत पठाए पत्र

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले वार्ताका लागि समय उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार गरेका छन् । प्रसाई आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलमार्फत वार्ताका लागि समय मिलाइदिन भन्दै पत्राचार गरेका हुन् । उक्त पत्र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको छ ।

प्रसाईंले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन भन्दा पनि वार्तामार्फत सम्बाद र छलफल गर्न आव्हान गरेको थियो । त्यसै आव्हान अनुसार प्रसाई आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर वार्ताका लागि पत्र पेश गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छलफल समेत गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रसाईले घोषणा गरेको विभिन्न आन्दोलन तथा प्रदर्शनका विषयमा छलफल भएको छ ।

प्रसाई जिल्ला प्रशासन कार्यालयमा काठमाडौंमा युटुवर बोकेर पुगेका थिए । प्रसाई र उनीसँगै आएका अर्का एक जना व्यक्ति काठमाडौं प्रशासन कार्यालयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग करिव १ घण्टा छलफल गरेर फर्किएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *