
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले कान्छाराम युनिकर्न जेभीकोसहित ६ वटा तोड्न प्रक्रिया थालेको छ। आइतबार विभागले ६ वटा ठेक्का तोड्नका लागि सूचना नै जारी गरेको हो।
उक्त सूचना अनुसार यी ६ ठेक्का झोलुङ्गे पुलसँग सम्बन्धित छन् । जसमा खोटाङको पिलम्पा, गोरखाको क्योग्मा, झापाको कमल खोला दोभान, झापाकै बिरिङ बाह्रदशी, खोटाङको वुवाखोला, उदयपुरको सुनकोशी दिप्रुङ, गोरखाको धुमी बुधेगरा र धादिङको थुमी बुधेगरा झोलुङ्गे पुल निर्माण गर्न लगाइएका ठेक्का तोड्ने प्रक्रिया थालिएको हो ।
पिलम्पा निगिरी निर्माण सेवा प्रा.लि. निर्माण व्यवसायी रहेको छ भने क्याग्माको हरीहरी शर्मिला जेभी हो । झापाको कमल खोला दोभान झोलुङ्गे पुल निर्माणको जिम्मा लिएको कांग्रेसका नेता पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम/यूनिकर्न जेभीसंग पनि ठेक्का तोडिने भएको छ ।
ठेक्का तोड्नु अगाडी विभागले १५ दिन समय समेत दिएको छ । यदि यो समयमा निर्माणको काम थाल्ने हो भने ठेक्का नतोड्ने तर नगरेमा ठेक्का तोड्ने विभागको भनाई छ । यी सबै कम्पनीसँग निर्माणका लागि २०७५, २०७६ र २०७८ मा सम्झौता भएको थियो ।


Leave a Reply