
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा पक्राउ परेका हुन्।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ ।
यस्तै, प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनको क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
उनलाई यही कात्तिक ८ गते बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको हो । थप अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरी जनाएको छ ।

Leave a Reply