नेपालमै पहिलोपटक १३२ केभी विद्युतलाइनमा मोनोपोल जडान सुरु

रुपन्देही । सडक र बस्तीमाथि रहेको हाइटेन्सन लाइनको जोखिमपूर्ण हटाउन नेपालमै पहिलोपटक १३२ केभी विद्युत प्रशारण लाइनमा मोनोपोल जडान सुरु भएको छ ।

रुपन्देहीको बुटवलउपमहानगरपालिका कालिकापथलाई सुरक्षित बनाउन मोनोपोल’ जडान सुरू गरिएको हो । बाक्लो बस्ती र फराकिलो सडकमाथि १३२ केभी विद्युत् प्रवाह हुने प्रसारण लाइनबीचको दुरी कम हुँदा सडकमा गुड्ने ठूला गाडीले तार छुनसक्ने ठूलो जोखिम रहेको थियो ।

मोनोपोल जडान भएपछि त्यो जोखिम हट्ने विश्वास गरिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ कालिकापथस्थित योगिकुटीदेखि–होराइजन चोक सडक खण्डमा बुटवलबाट मोतिपुरतर्फको १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) हटाएर मोनोपोल (एउटा मात्र खुट्टा) राख्न सुरू गरिएको नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाका सिभिल इन्जिनियर सुरजप्रसाद पाण्डेले जानकारी दिए ।

फाउण्डेशनको काम केही समय अगाडि भइसकेको र पोल पनि आइसकेकाले प्रशारण लाइन सटडाउन गरी जडान थालिएकोले एक साताभित्र जडान सकिने उनको भनाइ छ । उनका अनुसार यो नेपालको १३२ केभीए लाइनको पहिलो मोनोपोल हो र अब जोखिमपूर्ण ठाउँमा आवश्यकताअनुसार यस्ता पोल जडान गर्न सकिने छ ।

बुटवलका मेयर खेलराज पाण्डेयले देशभरमा १३२ केभी मा पहिलोपटक मोनोपोल जडानको काम सुरु भएको छ, यो काम राम्रोसँग सफल भएमा ठूलठूला टावर बनाउँदा स्थानीय जनताको धेरै जग्गा जोगिने,सुन्दरता पनि देखिने जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *