छठ पर्वका लागि काठमाडौंका ८ स्थानमा व्यवस्थापन

काठमाडौं । काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ ।

शनिबार काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष झैं यस वर्ष पनि उपत्यकामा भव्य रुपमा छठ पर्व मनाउने बिभिन्न आठ स्थानमा व्यवस्थापन गरिएको जानकारी दिएका हुन् ।

कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खु कुमारी क्लवको अगाडी, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटमा छठका लागि आवश्यक व्यवस्थापन गरिएको उनले बताए ।

उनले उक्त स्थानमा केहिदिनदेखि सरसफाइ गरिरहेको र कुनै किसिमको समस्या भए महानगरमा सम्पर्क गर्न आग्रह गरे ।

छठ पर्व मनाउने स्थानमा सवारी साधान पार्किङ नगर्न आग्रह गर्दै उहाले उक्त स्थानहरुमा साँढे तीन सयको संख्यामा सरसफाइ कर्मचारीका साथै महानगर प्रहरी परिचालन गरिएको जानकारी दिए।

तराईमा मनाइने छठ पर्व अहिले हिमाल र पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइने गरिन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *