
काठमाडौं । कार्तिक ११ गते मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकका अनुसार कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । यो निर्णय २०८१ चैत २२ गते प्रकाशित प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेश प्रदेश सरकारद्धारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८१ सालमा दिइने थप बिदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल कार्त्तिक ११ गते मंगलबारका दिन छठ पर्वको भोलिपल्ट मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरो सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Leave a Reply