भोजपुरको हतुवागढीमा भलिबल प्रतियोगिताको तयारी

भोजपुर । भोजपुरको हतुवागढी-९ हलेदेस्थित कोप्चे खेलमैदानमा ‘प्रथम हलेदे पुरुष भलिबल प्रतियोगिता-२०८२’आयोजना हुने भएको छ ।

प्रतियोगिता आगामी कार्तिक ९ गतेदेखि १३ गतेसम्म आयोजना हुने बुधबार कोप्चेमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक देवाहाङ राईले जानकारी दिए ।

प्रतियोगितामा आयोजक युँइवा युवा क्लबका दुई टिमसहित सुनसरी, धनकुटा, उदयपुर, भोजपुरलगायतका ३० टिम सहभागी हुने बताइएको छ ।

प्रतियोगिताको विजेताले ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै तेस्रो र चौंथो हुने टिमले समेत ११र११ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत बेस्ट प्लेयरले नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै विधागत उपाधितर्फ बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट डिफेन्स र बेस्ट ब्लकरले जनही १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

साविक वडास्तरीय प्रतियोगितालाई स्तरोन्नति गर्दै हलेदे पुरुष भलिबल प्रतियोगिता(२०८२ आयोजना गरिएको क्लबका अध्यक्ष टेकनाथ राईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *