लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । पाल्पाली ढाकाको ढाँचा समेत प्रयोग गरी बनाइएको जर्सीलाई लुम्बिनीको पहिरनको रूपमा चिनाउने लुम्बिनीको लक्ष्य छ ।

जर्सीमा प्रत्येक धागोमा हाम्रो कथा, पहिचान र एकता बनेको लुम्बिनीले जनाएको छ । गर्दनको भागमा रहेको रहेको सुनौलो रङ्गले सांस्कृतिक धरोहरहरू को गजुरलाई  प्रतिनिधित्व गर्ने क्लबकी सिइओ भावना घिमिरेले बताइन् ।

‘जर्सीको काँधको भागमा बलिरहेको ज्वालाले लुम्बिनीको शान्तिदीपलाई जनाउँछ । जुन शान्ति र आशाको उज्यालो हो।पाखुराको भागमा रहेका साना रेखाहरूले सिंहको केशलाई जनाउँछन् जुन साहस र शक्तिको प्रतीक हो । जर्सीको बिच भागमा रहेको सिंह सिंहले आफ्नो पहिचान जनाउँछ जुन लुम्बिनीको रक्षक को स्वरूपलाई चिनिन्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो जर्सीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरूको प्रतिनिधित्व गर्ने लुम्बिनीको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *