केपी ओलीः हिटलर कि सुकार्नाे  ?

पछिल्लो समय ‘लुसिफर’ को चर्चा छ । राजनीतिक विश्लेषक सौरभले सिम्बोलिक रुपमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई ‘लुसिफर’ को उपमा दिएपछि यो पात्रको चर्चा र खोजी सर्वाधिक छ ।

ल्याटिन भाषामा ‘लुसिफर’ भनेको ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ हो । यो अर्थजस्तै ‘लुसिफर’ कुनै समयका सुन्दर र शक्तिशाली स्वर्गदूत थिए । सौन्दर्य, शक्ति र बुद्धिमा सर्वश्रेष्ठ । तर, उनलाई यही सुन्दरता, शक्ति र बुद्धिले घमण्डी बनायो । उनले आफूलाई ईश्वरको बराबरी दर्जा दिन लागे । आफ्नो घमण्डका कारण स्वर्गमा उनले द्वन्द्व सुरु गरे । उनको यो द्वन्द्वलाई ईश्वरले पाप ठाने र उनलाई स्वर्गबाट खसाली दिए । अनि, उनी नर्कमा पुगे र पतित स्वर्गदूतको नामबाट पुकारिन थाले ।

पश्चिमी सभ्यतामा ‘लुसिफर’ लाई सैतान (दानव) भनिएको छ । क्रिश्चियन धर्मग्रन्थमा ‘लुसिफर’ लाई पतित स्वर्गदूत र दानव भनेर चित्रण गरिएको छ ।

‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ भनिएको ‘लुसिफर’ जब सैतान बने उनले मान्छेलाई पथ भ्रष्ट गर्ने, पाप कार्यतिर आकर्षित गर्नेजस्ता गलत कार्यमा लागेको विश्वास गरिन्छ ।

सौरभले काठमाडौँका मेयर बालेन्द्र शाहलाई किन ‘लुसिफर’ सँग तुलना गरे ? त्यो कि उनैलाई थाहा होला कि समयले त्यसको अर्थ प्रस्ट्याउन सक्ला । तर, मलाई यतिचाहिँ थाहा छ, कुनै समय चर्चा र प्रशंसाको गौरव मण्डित गरिएका बालेन्द्र शाह अहिले क्रमशः समयको चोटले सबै कुराबाट स्खलित हुँदै गएका छन् ।

केपी शर्मा ओली र सुकार्नाेको राजनीतिक यात्रामा केही समानता छन् । तर, ‘हिटलर’ सँग केपी शर्मा ओलीको राजनीतिक यात्रामा मैले कहीँ, कतै समानता देखेको छैन । सुकार्नाेले जस्तै केपी शर्मा ओलीले पनि स्वतन्त्रता र स्वाधीनताको लडाइँको क्रममा १४ वर्ष जेल जीवन बिताएका हुन् ।

‘लुसिफर’ जस्तै ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ ठानेर पुज्ने हजारौँ महानगरवासीले अहिले उनलाई ‘विदेशी दलाल’ भन्दै आरोपित गरिरहेका छन् । कालो चस्मा,  टिसर्ट र कोटमा कपाल हल्लाउँदै हिँड्ने बालेनलाई सुन्दर, शक्तिशाली र बौद्धिक ठान्ने महानगरवासीबाटै सामाजिक सञ्जालमा उनको अनुहार दावनसँग जोडेर खिल्ली उडाउन थालिएको छ ।

यो तीतो चर्चा सत्य हो वा गोयबल प्रचार ? त्यसको छिनोफानो उनै बालेन्द्र शाहले गर्नेछन् । कुनै समय उनको प्रशंसा गरेर मैले लेखेको लेख असत्य नबनोस् ! मेरो मनोकांक्षा यत्ति छ ।

अहिले भने म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सङ्कटको संघारमा ‘हिटलर’ र ‘सुकार्नाे ’ को प्रसंग केलाउन खोजिरहेको छु ।

नाकाबन्दीको समय र चुच्चे नक्सा जारी भएपछि धेरै नेपालीले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेता भन्दै अभ्युदित गरिदिए । जेन–जी उमेर समूहका धेरैले त ‘आई लभ यू केपी बा’ भन्दै आत्मियता दर्शाए । केपी शर्मा ओलीले पनि आफ्ना छोराछोरीझैँ प्रेम प्रकट गरे ।

यही मेसोमा मुलुकमा नातावाद, कृपावाद चुलिएको, नेता, कर्मचारी सबै भ्रष्टाचारमा चुर्लुम्म डुबेको, बेथिति बढ्दै गएको, शासनमा निरंकुशता बढ्दै गएको भनेर उनै केपी शर्मा ओलीलाई ‘हिटलर’ को उपमा दिन थालियो । हुँदाहुँदा ‘आई लभ यू केपी बा’ भन्ने उमेर समूहका युवायुवतीको जेन–जी आन्दोलनले तत्कालीन प्रधानमन्त्री उनै केपी शर्मा ओलीलाई सत्ताच्युत गरिदियो ।

अब अलिकता ‘हिटलर’ र ‘सुकार्नाे’ को प्रसंग,

अष्ट्रियामा जन्मिएका ‘हिटलर’ जर्मनका क्रुर शासक थिए । नाजीका नेता ‘हिटलर’ ले सन् १९३४ देखि १९४५ सम्म जर्मनमा  शासन गरे । उनको बाल्यकाल सुखद् थिएन ।
जर्मनीमा ‘हिटलर’ ले सत्ता सम्हालेपछि निरंकुशता बढ्दै गयो । कम्युनिष्ट पार्टीमा प्रतिबन्ध लागेपछि १० हजार कम्युनिष्ट नेता–कार्यकर्ता पक्राउ परे । उनीहरुलाई राख्न शिविर खडा गरियो । जहाँ उनीहरुलाई यातना, दुर्व्यवहार र केहीको हत्यासमेत गरियो । सत्तामा आएपछि उनको उन्माद बढेको थियो । उनले विपक्षीलाई चरम दमन गरेका थिए । उनको निरंकुशता र दमनले देश खोक्रो हुँदै गयो र लोकतन्त्रको अन्त्य भयो । पछि ‘हिटलर’ ले श्रीमतीसहित आत्महत्या गरेर देश त्याग गरे ।

यसको ठिक विपरीत इण्डोनेसियाका प्रथम राष्ट्रपति सुकार्नाे स्वतन्त्रता आन्दोलनका अग्रणी नेता थिए । उनले डच (नेदरल्याण्ड) को उपनिवेशविरुद्ध इण्डोनेसियाली जनतालाई जागृत गराएका थिए । सन् १९३० देखी १९४२ को बिचमा उनी धेरै पटक जेल र निर्वासनमा रहेर पनि स्वतन्त्रता आन्दोलनलाई अगाडि बढाई रहे । हजारौँ टापुको देश इण्डोनेसियालाई एक राष्ट्रिय पहिचान दिन उनले भाषा, झण्डा र राष्ट्रिय भावनाको एकरुपता सुरु गरे । सुकार्नाे ले व्यक्तिगत लाभको लागि नभई देशको स्वतन्त्रता, पहिचान र एकताको लागि जीवनभर संघर्ष गरिरहे । उनी इण्डोनेसियाको प्रेरणाको स्रोत बनेका थिए ।

अहिले परिस्थिति यस्तो बनेको छ कि, पूर्वप्रधानमन्त्री ओलीको पक्षमा केही कुरा लेख्यो–बोल्यो भने पनि प्रजातन्त्र विरोधी हुने डर छ । उनलाई जेन–जी आन्दोलनको दमनकारी, बालबालिकाको हत्यारा र भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गरिँदै आएको छ ।

तर, उनको राजनीतिक बहिर्गमन सुखद् भएन । उनको राष्ट्रिय भावना, स्वतन्त्रताको लागि उनले गरेको संघर्ष र हजारौँ टापुलाई एकतामा बाँध्न उनले अपनाएको भाषा, झण्डा र राष्ट्रिय भावनाबाट अत्तालिएका देशभित्र र देशबाहिरका धेरै शक्तिले ठिक मानेनन् । उनलाई सत्ताच्युत गर्न अनेक बहाना र प्रचार गरिए । सेना, साम्यवादी पार्टी (पिकेआई) र धार्मिक शक्तिबीच असन्तुलन र प्रतिस्पर्धा बढ्न थाल्यो । यसले इण्डोनेसियाको अर्थतन्त्र कमजोर भयो, बेरोजगारी बढ्दै गयो ।

३० सेप्टेम्बर १९६५ मा ‘गारेकन ३० सेप्टेम्बर’ (जी ३० एस) नामक समूहले केही शीर्ष सेनानीको हत्या गर्‍यो । यो घट्नाको दोष तत्कालीन कम्युनिष्ट पार्टी पिकेआईमाथि लगाइयो । तर, यो घट्नाको ‘मास्टर माइण्ड’ को थिए भन्ने अझै रहस्यमयी नै छ । धेरैले यो घटना सेनाभित्रको आन्तरिक षड्यन्त्रसमेत भनेका छन् ।

यो घटनापछि सेनाको नियन्त्रण जनरल ‘सुहार्तो’ ले लिए र देशमा स्थिरताको नारा दिएर कम्युनिष्ट पार्टी पिकेआईविरुद्ध व्यापक हिंसा सुरु गरे । यस क्रममा लाखौँ मानिस मारिए र जेलसमेत परे । त्यसपछि सुकार्नाेले राज्यमा नियन्त्रण गुमाउँदै गए । यही क्रममा सुहार्तोले एउटा महत्वपूर्ण आदेश पत्रमा सुकार्नाेलाई हस्ताक्षर गर्न लगाए र शासन आफ्नो हातमा लिए । १९६७ मा संसदले सुकार्नाेलाई राष्ट्रपतिबाट हटायो ।

राष्ट्रपतिबाट हटेपछि उनलाई घरमै नजरबन्द गरेर राजनीतिक रुपमा निष्क्रिय गराइयो । १९७० जुन २१ मा सुकार्नाेको निधन भयो ।

केपी शर्मा ओली र सुकार्नाेको राजनीतिक यात्रामा केही समानता छन् । तर, ‘हिटलर’ सँग केपी शर्मा ओलीको राजनीतिक यात्रामा मैले कहीँ, कतै समानता देखेको छैन ।

सुकार्नाेले जस्तै केपी शर्मा ओलीले पनि स्वतन्त्रता र स्वाधीनताको लडाइँको क्रममा १४ वर्ष जेल जीवन बिताएका हुन् । ओलीले सबै राजनीतिक दललाई सहमत गराएर आफ्नो गुमेको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएको नक्सा संसदबाट अनुमोदन गराएर राष्ट्रियताको पक्षमा चट्टानी अठोट प्रदर्शन गरे । सत्ताच्युत हुनु केही दिनअघि भएको चीन भ्रमणको क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाएर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरे । भारत भ्रमणको तयारीमा रहेका उनले यो विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राख्ने तयारी गरिरहेका थिए ।

आफूलाई जेन–जीको असली कार्यकर्ता ठान्ने राजनीतिक दलका केही नेता– कार्यकर्ताले आफ्नो लिडरलाई खुइल्याएर ज्यान–धनको संरक्षण खोज्नुभन्दा स्वतन्त्र तथा समृद्ध राष्ट्र निर्माणको बुँदागत कार्यक्रम र कार्यान्वयनको चरणसहितका योजना पेस गरेर नेपाली जनताको मन जित्दै नेतृत्वमा अग्रसर हुनु बुद्धिमत्ता देखिन्छ ।

यही मेसोमा जेन–जी आन्दोलन भयो र ओली सत्ताच्युत भए । इण्डोनेसियामा जसरी ‘जी ३० एस’ समूहको उदय भयो, त्यसै गरी नेपालमा जेन–जी समूहको उदय भएको देखिन्छ । इण्डोनेसियामा जस्तै नेपालमा पनि जेन–जी आन्दोलनको क्रममा सेनाको भूमिकामाथि प्रश्न उठाइएको छ । भलै, नेपाली सेनाले आशंकाको विषयमा धेरै पटक संस्थागत प्रष्टीकरण दिइसकेको छ ।

अहिले केपी शर्मा ओलीलाई उपत्यका छोड्न बन्देज छ र राहदानी रोक्का गरिएको छ । वर्तमान सरकारले उनी विरुद्ध कुनै मुद्दा लगाएर पक्राउ गर्‍यो भने पनि अन्यथा मान्नुपर्दैन ।

अहिले परिस्थिति यस्तो बनेको छ कि, पूर्वप्रधानमन्त्री ओलीको पक्षमा केही कुरा लेख्यो–बोल्यो भने पनि प्रजातन्त्र विरोधी हुने डर छ । उनलाई जेन–जी आन्दोलनको दमनकारी, बालबालिकाको हत्यारा र भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गरिँदै आएको छ ।

अहिले आरोपित गरिएजस्तै के ओली निरंकुश नै हुन् ? अहंकारी र भ्रष्टाचारीको संरक्षक हुन् ? बालबालिकाको हत्यारा र राष्ट्रघाति हुन् ? यसको ठोस प्रमाणसहितको जवाफ कसैसँग पनि छैन । सरकारले जेन–जी आन्दोलनमा भएको दमन र ध्वंसको विषयमा छानबिन गर्न समिति बनाएको छ । त्यो समितिले निष्पक्ष छानबिन गरेर प्रमाणसहित तथ्यगत प्रतिवेदन ल्यायो भने दोषी देखिएका जोकोही सजायको भागिदार बन्नैपर्छ । अन्यथा, आवेग र भीडको त्रासमा कुनै पनि कुराको निष्कर्ष समाज र राष्ट्रकै लागि हानिकारक हुनेछ ।

म केपी शर्मा ओली दूधले धोएका असाध्य शुद्ध नेता हुन् भन्दिनँ । उनीका पनि कमी कमजोरी छन् । थोरै घमण्डी, असहिष्णु र जिताहा भएकै हुन् । आफ्नो धारणा, विचार र निर्णय नै अन्तिम ठान्ने स्वभाव विकास भएकै हो । तर, स्वतन्त्रता, राष्ट्रियता, अद्भूत ज्ञान र क्रियाशीलता, विकास र समृद्धिको दृष्टिकोणसहितको निडर तथा अडान भएका नेता उनै हुन् । अहिले यो सङ्कटको घडीमा उनलाई पार्टी नेतृत्वबाट विस्थापित गर्ने सोच आत्मसर्मपणवादी नश्लको परिणाम ठान्दछु म । पार्टीले आगामी मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेकोले नेतृत्वको बहस त्यो बेला नै गर्नु उपयुक्त हो ।

आफूलाई जेन–जीको असली कार्यकर्ता ठान्ने राजनीतिक दलका केही नेता– कार्यकर्ताले आफ्नो लिडरलाई खुइल्याएर ज्यान–धनको संरक्षण खोज्नुभन्दा स्वतन्त्र तथा समृद्ध राष्ट्र निर्माणको बुँदागत कार्यक्रम र कार्यान्वयनको चरणसहितका योजना पेस गरेर नेपाली जनताको मन जित्दै नेतृत्वमा अग्रसर हुनु बुद्धिमत्ता देखिन्छ ।

नेतृत्वको कमी कमजोरीको आलोचना नगर्ने, बरु सधैँ आफ्नो अनुकूलताको लागि चाकडी–चाप्लुसीको सूत्र अवलम्बन गर्ने तमाम पार्टी नेताले नै भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद र निरंकूशताको बीजारोपणसँगै मलजलसमेत गरेका हुन् । अनि, अहिले सङ्कटमा तीनै नेताले सबै दोष नेतृत्वलाई दिएर आफू जेन–जीको असली कार्यकर्ता बन्न खोज्नु विश्वासघातको पराकाष्ट हो । यो चरित्रले न नीति सुध्रिन्छ, न नेता नै ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *