
चितवन । नारायणगढ-मुग्लिन सडक खणडको गाइघाटमा एकआपसमा ठोक्किएर पाँचवटा भन्दा बढी गाडी दुर्घटनामा परेको छ।
चितवन प्रहरीका अनुसार एउटा गाडी अर्कोसँग ठक्कर खाएपछि एकपछि अर्को गर्दै पाँचवटा भन्दा बढी गाडी एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा भएको घाइते र क्षतिको विवरण पूरा आएको छैन ।
चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार पाँच जना घाइतेलाई उपचारको लागि भरतपुर ल्याइएको छ । तर, सबै घाइतेको अवस्था र कति गाडी क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए ।


Leave a Reply