के चल्दैछ वर्षा र सन्जोगबीच ? इन्स्टामा गरे यस्ता पोस्ट

काठमाडौं । नायिका वर्षा राउत र उनका व्यवसायी पति संजोग कोइराला फ्यानहरुले सर्वाधिक रुचाएका ‘रियल कपल’ हुन् । तर, यो लोभलाग्दो जोडीको आपसी सम्वन्ध जटिल मोडमा पुगेको छनक उनीहरुबाटै मिलेको छ।

यी दुईले आज गरेको इन्स्टा पोस्टले उनीहरुका शुभचिन्तक र प्रशंसकलाई दुखी तुल्याउन सक्छ । बर्षाले आफ्नो श्रीमानको अन्य युवतीसँग निकटता दर्शाउने खालका ‘प्रमाण’ फेसबुकमा सार्वजनिक गरेकी छन् । संजोगले यसमा भावनात्मक जवाफ फर्काएका छन् ।

वर्षा र संजोगबीच खटपटका खबरहरु यसअघि पनि बेलाबखत आउने गर्थे । तर, अहिलेसम्म दुवैले सार्वजनिक रुपमा कुनै पनि स्वीकारोक्ति गरेका थिएनन् । पछिल्लो समय उनीहरुबीच राम्रो बोन्डिङ देखिएको थियो । तर, अहिले वर्षाको पोस्टले फरक सन्देश दिएको छ ।

बर्षाले कोही युवतीसँग संजोगले गरेको च्याटको भिडिओ आफ्नो इन्स्टा स्टोरीमा पोस्ट गरेकी छन् । यो एकजनासँगको कुराकानी मात्र भएको र थप दुई जनासँगको कुराकानी फेरि सार्वजनिक गर्ने उनले लेखेकी छन् ।

आफ्नो इन्स्टा अकाउन्टमा आज बिहान उनले लेखेकी थिइन्– लेट्स सी हाउ लक्की इज वर्षा है त (वर्षा कति भाग्यमानी छे हेर्नु है त) । फेरि लेखिन्– सन्जोग कोइरालाका विषयमा म केही कुरा सेयर गर्दैछु, को–कोलाई थाहा पाउन मन छ ।

त्यसपछि उनले एउटा स्क्रिसट राखेकी छिन् जसमा एक युवकसँग उनी स्वयम्ले गरेको च्याट छ । च्याटमा ती युवकले आफ्नी पूर्वप्रेमिका र सन्जोग आठ वर्षसम्म रिलेसनसिपमा बसेको तथा अहिले पनि सम्पर्कमै रहेको दावी गरेका छन् ।

ती युवकले सन्जोग र आफ्नी पूर्वप्रेमिकाको च्याट बर्षालाई उपलब्ध गराएको बुझिन्छ । त्यसपछि बर्षाले यो कहिलेको हो ? भनि सोध्दा युवकले ढेढ वर्ष अघिको भएको बताउँछन् । उनीहरुबीच अहिले पनि कुरा हुने गरेको अनुमान युवकले सुनाउँछन् । वर्षाले यो सबै सार्वजनिक गरिदिन्छु भन्दा युवकले त्यसो नगर्न र सम्वन्ध जोगाउन सुझाव दिएका छन् ।

यो पोस्ट गरेको करिब १० मिनेटमा वर्षाले इन्स्टाबाट हटाइन् । त्यसको केहीबेरपछि एउटा भिडिओ पोस्ट गरिन्, जसमा सन्जोगले कुनै युवतीसँग गरेको लामो च्याटको भिडिओ रेकर्ड रहेको छ । यो कहिलेको कुराकानी हो भन्ने चाहिँ प्रष्ट छैन ।

वर्षाको यो पोस्टलाई सन्जोगले इन्स्टाबाटै जवाफ दिएका छन् । उनले कवितात्मक शैलीमा लेखेको जवाफमा यो पुरानो कुरा भएको आशय छ ।

सन्जोगको पोस्ट यस्तो छ :
पुरानो घाउ कोट्याउँदा पोल्छ
तर अघि बढ्ने बाटो रोक्दैन
सुनौलो भोलि त उही हो
रिस र रागले मात्र छोप्दैन
मानिस सँधै गलत हुँदैन
समय र परिस्थितिले काट्छ कहिलेकाहीँ
हरेक कुरामा दुई पाटा हुन्छ
कुराहरु कलिहेकाहीँ मोडिएर, घुमिएर आउँछन्
फुटाउने र तोड्न प्रयास पनि गरिन्छ कहिलेकाहीँ
तर एक पाटा मात्र हेरेर त्यसमै अड्किनु होइन
अर्को पाटो पनि बुझेर सचेत बन्नु हो
च्वाइस त सबैको आफ्नै हो
तर सम्झ कुराहरुले कहिलेकाहीँ षडयन्त्रका मोड लिन्छन्
कन्सिपरेसीले छुट्याउँछ दुरी बनाउँछ
सम्झनाले जलाउँछ
बुझाइदले बनाउँछ
राजनीति र जीवनसँग मिल्न गए
यो पनि एउटा संयोग हो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *