प्रतिनिधिसभा पुन:स्थापना र अन्तरिम सरकार खारेजीको मागसहित १० वटा रिट दर्ता

काठमाडौं । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजीको माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । बुधबार दायर भएका १० वटै रिटमा छठपछि मात्रै पेशी तोकिएको र सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको हो ।

सर्वोच्च अदालतमा दर्ता गरिएका रिटमा आगामी कात्तिक १२ मा पेशी तोकिएको सर्वोच्च अदालतका सह–रजिष्ट्रार समेत रहेका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।

संवैधानिक व्यवस्था विपरित प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा युवराज पौडेल ‘सफल’ लगायत विभिन्न व्यक्तिले दायर गरेका रिट बुधाबर दर्ता भएका हुन् । ती निवेदन मंगलबार पेश भएका थिए । परेका निवेदनमाथी आवश्यक अध्ययनपछि सबै रिट दर्ता गरिएको प्रवक्ता कोइरालाको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *