
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश संसदीय दलमा पनि विभाजित भएको छ।
मधेस प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया चलिरहेको बेलामा कामचलाउ मुख्यमन्त्री सतिशकुमार सिंह जनस्वराज पार्टीमा लागेका हुन्।
उनीसँगै पूर्व मन्त्री त्रिभुवन साहले पनि मधेस प्रदेश निर्वाचन कार्यालयमा पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका हुन्। उनले अरू सांसदहरू पनि आउने पक्षमा रहे पनि डर, त्रास देखाएर रोक्ने काम भएको बताए।
जनमतको संसदीय दलले भने कांग्रेस एमालेबाहेकको गठबन्धन सरकार बनाउने पक्षमा उभिएका छन्। भने असन्तुष्ट सांसदहरू विपक्षीमा उभिएर नयाँ दलमा गएका हुन्।

Leave a Reply