सीके राउतको जनमत पार्टी फुट्यो, २० प्रतिशत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोगमा निवेदन

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

आयोग उच्च स्रोतका अनुसार उक्त पार्टीका २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यले पार्टी जनस्वराज नामको नयाँ पार्टी दर्ताका लागि हस्ताक्षरसहित आइतबार आयोगमा पुगेर निवेदन पेश गरेका हुन् । आयोग स्रोतका अनुसार ५२ जना केन्द्रीय सदस्यमध्ये २० प्रतिशतको हस्ताक्षरसहित निवेदन परेको छ । यद्यपि सनाखत गर्ने काम बाँकी रहेको छ ।

उपाध्यक्ष दिपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादव सहित २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको जनमतका तत्कालिन कोषाध्यक्ष यादवले नेपाल प्रेससँग बताए । पार्टीको नाम र निर्वाचन चिन्ह के प्रस्ताव गर्नुभयो भन्ने प्रश्नमा भने उनले यस बारेमा चाडैँ पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए ।

जनमत पार्टीका एक नेताले भने उपाध्यक्ष साह र कोषाध्यक्ष यादव दुबै जनालाई पार्टीले कारवाही गरिसकेको नेपाल प्रेससँग बताए । उनका अनुसार कारबाही गरिसकेको भए पार्टी फुटाएर कसरी दल दर्ता गराउनुभयो भन्ने प्रश्नमा पार्टीले कारवाही गरेको भए पनि कारवाही गरेको जानकारी निर्वाचन आयोगले गरिनसकेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *