जेनजी आन्दोलनपछि दाङमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमाले दाङले आज घोराहीमा प्रदर्शन गरेको छ । जेनजी आन्दोलन पछि खलबलिएको शान्ति पुणर्निर्माण जागरणका लागि प्रदर्शन गरिएको सचिव श्याम डाँगीले बताए ।

सचिव डाँगीका अनुसार प्रदर्शन एमालेका २३ वटा जनवर्गीय संगठनले गरेका हुन् । ट्राफिक चोकबाट सुरू भएको प्रदर्शन घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै जनवर्गीय समन्वय संयन्त्रका इन्चार्ज मनोहर बुढाथोकीले एमालेको शक्तिलाई कमजोर नठान्न चेतावनी दिँदै एमालेप्रति प्रतिशोध नसाँध्न सरकारलाई आग्रह गरे ।

राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगीले जेनजीका मागप्रति युवा संघ सकरात्मक भएको भन्दै जेनजीका नाममा हुने अराजकता स्वीकार्य नहुने बताए ।

जेनजी आन्दोलनमा भएका निजी, सार्वजनिक सम्पत्ति तोडफोड,लुटपाट र आगजनीमा संलग्नलाई कार्वाही गर्न माग गर्दै उनले राज्यलाई कार्वाही नगरे युवा संघले कार्वाही गर्ने चेतावनी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *