आन्दोलनसँगै निर्वाचनको तयारीमा अखिल : मतदाता नामावलीमा नाम दर्ताका लागि अपिल

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु आन्दोलनसँगै निर्वाचनको तयारीमा जुटेको छ ।

अनेरास्ववियुका महासचिव दिपक धामीले सर्कुलर जारी गर्दै कमिटी मातहतका विद्यार्थीहरूलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेका छन् ।

सर्कुलरमा लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरणका लागि संगठनको सम्पूर्ण शक्ति एकताबद्ध भएर राष्ट्रहितमा सक्रिय रहनुपर्ने उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *