
काठमाडौं । सरकारले न्याय सेवातर्फका २ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार दिउसो बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका रजिष्ट्रार पदमा दरबन्दी रहेर न्याय परिषद् सचिवालयमा काजमा रहेका जितेन्द्रबाबु थपलियालाई सचिवमा बढुवा गर्दै न्याय परिषद्को सचिवमा पदस्थापन गरेको छ ।
यस्तै महान्यायाधिवक्ताको कार्यालयमा कायम मुकायम नायव न्यायायधिवक्ताको जिम्मेवारीमा रहेका उद्धवप्रसाद पुडासैनीलाई बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवको जिम्मेवारीमा पदस्थापन गरेको छ । उनीहरु दुबै जनालाई बिहीबार नै बसेको न्याय सेवा आयोगको बैठकले बढुवाका लागि सिफारिस गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगकै सिफारिस अनुसार वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगकामा सचिवको जिम्मेवारीमा रहेका सुर्यराज दाहाललाई महान्यायधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ताको जिम्मेवारीमा सरुवा गरेको छ ।
आयोगले नेपाल न्याय सेवाकै सरकारी वकील समूहतर्फ उच्च सरकारी वकीलको कार्यालय बुटलवमा कार्यरत सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीलाई महान्यायाविवक्ताको कार्यालयमा सहन्यायाधिवक्तामा सरुवा गरेको छ ।
आयोगले न्या समूहतर्फका १४४, कानून समूहतर्फका ७ जना, सरकारी वकील समूहतर्फका ३३ जना गरेर १८४ शाखा अधिकृतको सरुवा गरेको छ । यस्तै न्याय समूहतर्फका ५२ जना, कानून समूहतर्फतका १४ जना, सरकारी वकील समूहतर्फका १५ जना गरेर ८१ जना शाखा अधिकृतको नियुक्त तथा पदस्थापन गरेको छ ।
यस्ताे छ सूची:

Leave a Reply