उपसभापति खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघिबाट बैठक जारी छ ।

सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।

बैठकमा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसमा नेतृत्व परिवर्तन, केन्द्रीय समितिका एजेन्डा, महाधिवेशन, निर्वाचन लगायतबारे बहस भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *