
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै चुनावको नाटक गरेर यो सरकारले नेताहरूलाई जेल हाल्न खोजेको आशंका व्यक्त गरे।
उनले भने, ‘यो सरकारको क्रियाकलाप लोकतान्त्रिक छैन। संविधानसम्वत् छैन, कानुनी राजतर्फ छैन। राज्य आतङ्क सिर्जना गर्न खोजिएको छ। चुनावको एउटा नाटक मञ्चन गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर अपमान गर्न खोजिँदै छ। चुनावमा अरूलाई चुनाव लड्न नदिएर बुथ कब्जा गरेर आफू मात्रै जित्ने सपना देखिरहेकाहरूले त्यो सपना नदेख्नू।’
उनले दलका नेताहरूलाई रोक्ने दिवा सपनामा जनताले चिसो पानी खन्याउने जिकिर गरे। उनले थपे, ‘चुनाव गराउनुपर्नेछ, उहाँहरू राजनीतिक दलसँग संवाद गर्नुहुन्न। राजनीतिक दलमाथि दमन र बदनाम गर्न उत्रिनुभएको छ। दललाई बाइपास गरेर चुनाव हुन्छ ?’
उनले गृहमन्त्रीले व्यक्तिको नाम नै तोकेर परिचालित व्यक्तिहरूलाई उजुरी हाल्न लगाएको दाबी गरे।

Leave a Reply