
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज कुपण्डोलस्थित एक होटलमा बस्दै छ ।
बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् ।
पदाधिकारीबीच अनौपचारिक छलफल भएका कारण उनी सहभागी नहुने भएका हुन् । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले स्वास्थ्यका कारण देउवा बैठकमा सहभागी नहुने बताए ।
उनले भने, ‘पदाधिकारीबीच अनौपचारिक छलफल हो । उहाँ उपस्थित हुनुहुन्न । अरू कुनै कारण छैन ।’
देउवा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्नेछन् ।
सभापति देउवा स्वकीय सचिव भानु देउवाले पनि अनौपचारिक बैठक भएकाले सभापति देउवा नजाने बताए ।
उनले भने, ‘केन्द्रीय समितिको एजेण्डा बारेको छलफल गर्न अनौपचारिक बैठक हो । उपसभापतिले हेर्नुहुन्छ । स्वास्थ्यको कारण हैन ।
दिउँसो १ बजे बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ ।

Leave a Reply