अनौपचारिक समूहबाट हुने गतिविधिमा पुनः घुसपैठ, आगजनी र तोडफोड हुनसक्ने भन्दै प्रशासनले गरायो सचेत

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजीको आन्दोलनमा अवाञ्छित तत्त्वहरूको घुसपैठ, हुलहुज्जत, सरकारी सम्पत्तिको तोडफोड जस्ता कानुन विपरीतका कार्यहरू हुनसक्ने भन्दै सचेत गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनौपचारिक समूहहरूबाट हुने कुनै पनि प्रकारको धर्ना, जुलुस, प्रदर्शन जस्ता गतिविधिमा घुसपैठ हुनसक्ने उल्लेख गरिएको हो ।

प्रदर्शनकारी एवं आन्दोलन गर्न खोज्ने समूहहरू समेत स्वयं जोखिममा पर्न सक्ने सम्भावनालाई गम्भीर रूपमा लिन प्रशासनले आग्रह गरेको छ।

गत भाद्र २३ र २४ गतेको आन्दोलन र सो पश्चातका घटनाहरूको क्रममा भएको अराजक तत्त्वहरूको घुसपैठ, आगजनी, तोडफोडका घटनाहरू पुनः घट्न सक्ने भन्दै सर्वसाधारणको जीउधनको सुरक्षामा चुनौती हुन जाने, आपराधिक हर्कत हुन सक्ने जोखिम भएको संयमता र सतर्कता अपनाउनु पनि आह्वान गरिएको छ ।

साथै शान्ति सुरक्षाको स्थितिलाई क्रमशः सुधार गर्दै कानुनी शासनको प्रत्याभूति गर्ने कार्यमा आ९आफ्नो स्थानबाट सहयोग गर्न प्रशासनले सबैलाई अपिल गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *