आज सार्वजनिक गर्न लागिएको विपिनको ३० सेकेन्डको भिडिओ क्लीप कहिलेको हो ?

काठमाडौं । गाजामा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको एउटा भिडिओ क्लीप आज सार्वजनिक हुँदैछ, जसलाई लिएर उनी जिवित रहेकोप्रति परिवारजन विश्वस्त बनेका छन् । यो भिडिओ ताजा भने होइन ।

द टाइम्स अफ इजरायलका अनुसार अपहरण भएको केही हप्तापछिको भिडिओबाट लिइएको क्लीप सार्वजनिक गर्न लागिएको हो ।

यो ३० सेकेन्ड लामो छ । इजरायली समय अनुसार यो भिडिओ राति ८ः५५ (नेपाली समय अनुसार राति करिब १०ः३५) बजे प्रसारण गरिने छ ।

हामासको नेतृत्वमा अक्टोबर ७, २०२३ मा भएको आक्रमणका क्रममा आतंककारीहरूले गाजामा विपिनलाई अपहरण गरेका थिए । अपहरण भएको केही हप्तापछिको भिडियोबाट लिइएको एक स्थिर तस्वीर प्रकाशन गर्न परिवारले अनुमति दिएको द इजरायल टाइम्सले जनाएको छ ।

३० सेकेन्डको रेकर्डिङ भने सेनाले प्राप्त गरेको र गुप्तचर अधिकारीहरूले परिवारसँग सेयर गरेको बन्दी तथा हराइरहेका परिवार मञ्चले एक विज्ञप्तिमा जनाएको छ ।

मञ्चले अमेरिकामा रहेका विपिनका परिवार सदस्य (आमा र छोरी)लाई उद्वृत गर्दै भनेको छ, ‘गाजामा प्राप्त यो जीवनको संकेत, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने बलियो विश्वास दिलाउँछ ।’

विपिन जोशी ती दुई बन्दीहरूमध्ये एक हुन्, जसको बारेमा इजरायलले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ, र सेनाले उनको मृत्यु भएको पुष्टि गरेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *