नेपालमा विपद्‌बाट भएको जनधनको क्षतिप्रति मोदीद्वारा दुःख व्यक्त, सहयोग गर्न प्रतिबद्ध

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालैको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत दुख व्यक्त गर्दै नेपालको सरकार र जनताप्रति समवेदना प्रकट गरेका छन्।उनले यस कठिन समयमा भारत नेपालको जनता र सरकारको साथमा रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले लेखेका छन्, नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं।’

उनले नेपालप्रति भारतको ऐतिहासिक मित्रता स्मरण गराउँदै आपतकालीन अवस्थामा भारतले एक मित्रराष्ट्र छिमेकी र पहिलो प्रतिकृयादाताको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् ।

उनले लेखेका छन्,‘एक मित्रराष्ट्र छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ।’

नेपालमा  १७ गतेदेखि परेको अविरल वर्षाका कारण धेरै ठाउँमा बाढी, पहिरो र डुबानका कारण  ४८ जनाले ज्यान गुमाइसकेका छन् ।  घटनाहरू भएका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *