यस्ता छन् मनसुन प्रतिकार्य कमाण्ड पोष्टका ८ निर्णय

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरु स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने लगायतका ८ वटा निर्णय गरेको छ ।

आज बसेको प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टले अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरुको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनेलगायतका निर्णय गरेको हो ।

असोज १७ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा भारी मात्रामा परेको अविरल वर्षा र त्यसबाट घटेका घट्नाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाका मृतकहरुमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

त्यस्तै स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने निर्णय भएको छ ।

अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने, विपद्जन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्नेलगायतका निर्णय भएको पोस्टले जनाएको छ ।

अवरुद्ध सडकहरुको मर्मत सम्भार गरी तत्काल सडक सूचारु गर्न सडक विभागलाई लेखी पठाउने, अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि जोखिमयुक्त राजमार्गरसडकमा रात्रीकालीन बस सेवा संचालन नगर्नरनगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको कार्यकारी प्रमुख इ दिनेश प्रसाद भट्टले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *