देशभर बाढी, पहिरो र चट्याङबाट १९ को मृत्यु, ८ जना बेपत्ता : गृहमन्त्रालय

काठमाडौं । असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आज मध्यान्न १२ बजेसम्म इलाममा पहिरोमा परी १४ जना, खोटाङ र उदयपुरमा खोलाले बगाएर ११ जना र रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको हो ।

यस्तै अहिलेसम्म ८ जना बेपत्ता रहेको तथ्याङ्क छ । इलाममा पहिरोमा ४ जना र रसुवामा खोलाले बगाएर ४ जना बेपत्ता छन् ।

तथ्याङ्क अनुसार इलाम पहिरोमा ४ जना, भोजपुरमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । खोटाङमा ३ जना र मकवानपुरमा १ जना गरी ११ जना घाइते भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *