बस दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौं । महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौँ ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु र ४० जना घाइते भएका थिए ।

यस्तै नेपाली सेनाले कर्णाली नदीको चिसापानी खण्डमा माछा मार्ने क्रममा डुबेका एक व्यक्तिको शव आज  नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *