आपराधिक कार्यमा संलग्नलाई उन्मुक्ति दिन खोजिएकोप्रति कांग्रेसको आपत्ति, पासपोर्ट रोक्काको विरोध

काठमाडौं । जेन जी आन्दोलनका नाममा आपराधिक कार्यमा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको पासपोर्ट रोक्का गर्ने निर्णयप्रति पनि विरोध जनाएको छ ।

पीडितलाई आतङ्कित गर्ने र सप्रमाण भेटिएका अपराधिलाई उन्मुक्ति दिँदै जाने सरकारको नीति जनताका लागि कदापि स्वीकार्य नहुने कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा घटनाको छानबिन प्रारम्भ नहुँदै पूर्वाग्रही ढंगले नेता र व्यक्तिहरूको राहदानी रोक्का गर्ने र आफ्नै देशमा पनि आवतजावत गर्न निषेध गर्ने कार्य प्रतिशोधपूर्ण रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *