इटहरीमा श्रीमानले गरे श्रीमतीको हत्या

विराटनगर । सुनसरीको इटहरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

खोटङ घर भई इटहरी उपमहानगरपालिका-१२ मा डेराभाडामा बस्ने खोटाङको ऐसलुखर्क गाउँपालिका-१ की २५ वर्षीया अनिसा भट्टराईको हत्या गरेका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा श्रीमान् सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुवास हमालले दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी बताए ।

घरेलु विवादका क्रममा सुमनले अनिसालाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए ।

घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *