
दाङ । तरूण दल दाङले एकजना जिल्ला सदस्य र २ जना पालिका अध्यक्षलाई कार्वाही गरेको छ ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न भएको भन्दै तरूण दल दाङले जिल्ला सदस्य विनोद गुरूङ, तुलसीपुर उपमहानगरपालिका सभापति कमल घर्ती र बबई गाउँपालिका सभापति गोपीकृष्ण बुढालाई कार्वाही गरेको हो ।
तरूण दल दाङका अध्यक्ष टिका घर्तीले विज्ञप्ति जारी गरी उनीहरूलाई कार्वाही गरेको जानकारी दिएका छन् । गुरूङ,बुढा र घर्ती जेनजी आन्दोलनमा सहभागी भइ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आगजनी र तोडफोडमा संलग्न भएकाले कार्वाही गरिएको अध्यक्ष घर्तीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
उनले जेनजी आन्दोलनमा उनीहरू संलग्न भएको प्रमाणका आधारमा कार्वाही गरिएको जानकारी दिए । उनका अनुसार गुरूङ, बुढा र घर्तीलाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको छ ।

Leave a Reply