
विराटनगर । सुनसरीको इटहरीमा दुई समूहकाबीचमा झडप भएको छ । इटहरी कान्छी चोक नजिक लेनदेनको विषयमा दुई वटा समूहका बिचमा झडप हुँदा दुई जना घाइते भएका छन् ।
कपाल काट्ने कैँचीले घोप्दा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । लुगा धुने डिर्टजेनन्ट पाउडर किनबेचका विषयमा विवाद हुँदा दुई समूहका बिचमा झडप भएको हो । झडपमा परि घाइते भएकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिइएका दुई जनालाई पनि चोट लागेकाले उपचारका लागि स्थानीय क्लिनिकमा लगिएको दाहालले बताए ।
घाइते भएका सबैलाई स्थानीय सान्वी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

Leave a Reply