कुलमान आएपछि ऊर्जामा ६ सहसचिवसहित ४१ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मन्त्रालय र मातहतका निकायमा व्यापक सरुवा गरेका छन्।

मन्त्रालय अन्तर्गत  ६ सहसचिवसहित ४१ जना कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले मातहतका निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव स्तरका ६ जना कर्मचारीको सरुवा गरेको हो ।

जसमा जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश रजौरियाको नौमुरे बहुउद्देश्यीय आयोजनामा आयोजना निर्देशकको जिम्मेवारी दिइएको छ भने जलस्रोत तथा सिँचाइ विभाग अन्तरगत नै कार्यरत कुशाङ्ग शेर्पाको सोही विभागमा योजना, कार्यक्रम तथा समन्वय महाशाखा हेर्नेगरी उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयमा ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सन्दीपकुमार देवलाई मन्त्रालयमै उmऊर्जा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डललाई आयोगको उmऊर्जा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै विद्युत् विकास विभागका उपमहानिर्देशक मनदेवी श्रेष्ठलाई विभागकै महानिर्देशकको जिम्मेवारी दिइएको छ भने जल तथा ऊर्जा आयोगको सचिवालयमा ऊर्जा महाशाखा प्रमुख रहेका सागरराज गौतमलाई मन्त्रालयमा विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्रालयले थप ३५ उपसचिव र शाखा अधिकृतको पनि सरुवा गरेको छ । मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कार्यरत नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित द्वितीय अर्थात् उपसचिव र राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

No description available.

 

No description available.

No description available.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *