
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले पूर्वप्रधानसेनापति लगायतसँग छलफल एवम् अन्तरक्रिया गरेका छन् ।
शुक्रबार विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति तथा पृतनापतिहरूको सेमत भर्चुअल सहभागितामा सम्पन्न बैठकमा समसामयिक परिस्थितिबारे कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।
छलफलमा नेपाली सेनाको अपरेशनल अवस्था, राष्ट्रिय सुरक्षा विश्लेषण तथा भावी योजनाहरूको तर्जुमा गर्न दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ ।


Leave a Reply