सरकारी संरचनाको पुनर्निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना, योगदान गर्न अर्थको आह्वान

काठमाडौं । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन उक्त कोष स्थापना गरिएको हो ।

अर्थ मन्त्रालयका अनुसार उक्त कोषमा आर्थिक योगदानका लागि स्वदेश तथा विदेशमा रहेका सबैलाई आह्वान गरिएको छ । ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड गरिएका र क्षतिग्रस्त भौतिक संरचनाहरूको मर्मत तथा पुनर्निर्माणका लागि यही कोष प्रयोग गरिनेछ ।

सरकारले यस अभियानमा सहभागी भई राष्ट्र निर्माणमा योगदान पुर्याउन नेपाली नागरिक, गैर–आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदारहरू तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूलाई हार्दिक आह्वान गरेको छ ।

योगदान रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार, काठमाडौंमा रहेको खाता नम्बर १९६०१००१००२०७०००४ मा जम्मा गर्न सकिनेछ । यसका लागि क्युआर कोड पनि प्रयोग गर्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *