
सिन्धुपाल्चोक । भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनले मुलुकका स्थानीय सरकारका संरचनामा व्यापक क्षति पुर्याएको छ । आन्दोलनका क्रममा देशभरका ४० बढी स्थानीय सरकारको प्रशासनिक भवन पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्यांकमा देखिएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघले निकालेको प्रारम्भीक तथ्यांकमा नगरपालिका भन्दा गाउँपालिकाको भवनमा बढी क्षति पुगेको छ ।
गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी क्षति कोशी र सुदुरपश्चिम प्रदेशमा भएको छ । दुवै प्रदेशमा ५/५ गाउँपालिकाको भवन पूर्णरुपमा क्षति भएको छ ।
मधेश प्रदेशका १० गाउँपालिकाको भवनका आंशीक क्षति पुगेको गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी प्रमुख राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए । बागमती प्रदेशमा चार गाउँपालिकाको भवन पूर्णरुपमा क्षति हुँदा कर्णाली प्रदेशभित्र भने जेनजी आन्दोलनकन क्रममा केही पनि क्षति भएको छैन ।
कोशी प्रदेशमा मात्रै् ४४ वडा कार्यालय पूर्णरुपमा क्षति भएको छ भने १२ वडा कार्यालय आंशीक रुपमा क्षति भएको छ ।
निशानामा जनप्रतिनिधिका घर
जेनजी आन्दोलनका क्रममा २२ गाउँपालिका पूर्ण रुपमा क्षति भएको छ भने२७ आंशीक क्षति भएको छ , त्यस्तै ४८ वडा कार्यालय पूर्ण रुपमा र ३८ आंशिक क्षति पुगेका छन् ।
आन्दोलनमा गाउँपालिका र वडा कार्यालयको भवन मात्रै होइन,जनप्रतिनिधिहरुको निवास समेत क्षति पुगेका छन् । मधेश प्रदेशका ४ जनप्रतिनिधिको निवास पूर्णरुपमा क्षति भएको छ ।
गाउँपालिका अन्र्तगतका ११ जनप्रतिनिधिको निवास पूर्णरुपमा क्षति भएको छ भने तिन जनप्रतिनिधिको निवास आंशिक रुपमा क्षति पुगेको गाउँपालिका राष्ट्रिय महासंघका कार्याकारी प्रमुख प्याकुरेलले जानकारी दिए ।
अहिले यो प्रारम्भीक तथ्यांक हो, क्षतिको विवरण अझै बढन सक्छ प्याकुरेलले भने गाउँपालिकाहरुको भवन क्षति भएपनि सेवा प्रवाहमा भने अहिले सुरु भइसकेको छ ।
गाउँपालिकामा जस्तै नगरपालिकाको प्रशासनीक भवनहरु पनि आन्दोलनकारीहरुको निशानामा परेका छन् । नगरपालिका महासंघले दिएको प्रारम्भीक तथ्यांकमा १९ नगरपालिकाको प्रशासनीक भवनमा आगो लगाएर क्षति बनाइएको छ ।
७ नगरपालिकाको कार्यालय तोडफोड भएका छन् भने २१ नगरपालिकाको प्रशासनीक भवनमा कुनै क्षति नभएको नेपाल नगरपालिका संघका मधुसुदन रिजालले जानकारी दिए ।
नगरपालिका संघका पूर्वअध्यक्ष एवम धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुको घर आन्दोलनका क्रममा क्षति भएको थियो भने धुलिखेल नगरपालिकामा समेत आगो लागेको थियो ।
गाउँपालिका अन्तर्गत
२२ गाउँपालिका पूर्ण क्षति
२७ गाउँपालिका आंशिक क्षति
४८ वडा कार्यालय पूर्ण क्षति
३८ वडा कार्यालय आंशक क्षति

Leave a Reply