कांग्रेस रूपान्तरणका लागि राजेन्द्र बजगाईँको १२ प्रस्ताव- प्रधानमन्त्रीदेखि पार्टी सभापति सबैमा प्राइमरी इलेक्सन

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टी रूपान्तरणको लागि १२ बुँदे प्रस्ताव अघि सारेका छन्। उनले पार्टीलाई लोकतान्त्रिक बनाउँदै लग्नुपर्नेसहितको प्रस्ताव अघि सारेका हुन् ।

उनले उम्मेदवार छनोट, सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबै प्राइमरी चुनावबाट चयन गरेमात्रै वंशवाद, भागबन्डा र सिन्डिकेट अन्त्य हुने बताएका छन् ।

प्रदेश कमिटी खारेज अनावश्यक तह हटाउने, जिल्ला-केन्द्र प्रत्यक्ष सम्बन्ध सङ्गठनलाई सरल र जबाफदेही बनाउनुपर्ने उनको प्रस्ताव छ ।

उनले पार्टीको आन्तरिक निर्वाचन चार वर्षमा अनिवार्य हुनुपर्ने, सभापति, महामन्त्री, विभाग प्रमुख सबैलाई प्रत्यक्ष सदस्य मतबाट छानिइदिनुपर्ने बताए।

यी हुन् बजगाईँका १२ प्रस्ताव-

१. लोकतान्त्रिक पार्टीले के गर्ने?

प्राइमरी प्रणालीको अवलम्बनः

उम्मेदवार छनोट: सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबै प्राइमरी चुनावबाट चयन।
मतदाता:
क्लोज्ड प्राइमरी – केवल क्रियाशील सदस्य ।
ओपन प्राइमरी – आम नागरिकलाई सहभागी गराउने ।
नियम : उम्मेदवारले सदस्यता वितरण वा निर्देशन गर्न
सदस्यता वितरण : पूर्ण रूपमा अनलाइन डिजिटल प्रणालीमार्फत । तर त्यो Apps अन्तर्राष्ट्रिय सुरक्षामापदण्डको हुनुपर्नेछ
उद्देश्य : वंशवाद, भागबन्डा र सिण्डिकेट अन्त्य हुनुपर्नेछ।

२. संगठन संरचना सरलीकरण

प्रदेश कमिटी खारेज अनावश्यक तह हटाउने ।
जिल्ला-केन्द्र प्रत्यक्ष सम्बन्ध संगठनलाई सरल र जवाफदेही बनाउने ।
वडा/नगर इकाई सुदृढ पार्टीको वास्तविक आधार र जनसंपर्क केन्द्र स्थापना।

३. आन्तरिक निर्वाचन प्रणाली

चार वर्षमा अनिवार्य निर्वाचन।
सभापति, महामन्त्री, विभाग प्रमुख सबैलाई प्रत्यक्ष सदस्य मतबाट छानिने हुनुपर्नेछ।
डिजिटल भोटिङ – भ्रष्टाचार, धाँधली र हस्तक्षेप रोक्ने।

४. नीतिगत बहस र थिंक ट्यांक

Policy Caucus निर्माण हुनुपर्नेछ।
विचारधारात्मक बहसलाई संस्थागत बनाउने।
प्रमुख नीति – आन्तरिक मतदान र सार्वजनिक बहस अनिवार्य।

५. पारदर्शिता र जबाफदेहिता

चन्दा/फण्डिङ – पूर्ण रूपमा अनलाइन खातामार्फत सार्वजनिक।
शून्य सहनशीलता नीति – भ्रष्ट र अपराधीले सदस्यता गुमाउने छ।
Recall अधिकार – असफल प्रतिनिधिलाई आम सदस्यले फिर्ता बोलाउने।

६. समावेशी प्रतिनिधित्व

Youth Quota : ४० वर्ष मुनिका कम्तीमा ५०%।
Women Quota: न्यूनतम ४०%।
राखिने छ। Diaspora Representation: विदेशस्थित नेपालीलाई पनि मतदान अधिकार। तर आन्दोलित Generation बाटै खोज्ने प्रावधान

७. सदस्यता प्रणाली सुधार

डिजिटल एपमार्फत स्वतः सदस्यता नेताले वितरण नगर्ने।
देशको समग्रप्रणाली विश्वस्तरीय सुरक्षा, liability protection, safeguards पार्टीको विश्वसनीयता प्रधान नीति हुनुपर्नेछ।

८. बदलिंदो परिस्थितिमा सबै संरचना कार्यसमिति Caretaker हुनुपर्नेछ अनिवार्य छ। सक्रिय कमिटीहरू अस्थायी खारेज तो तदर्थ हुनुपर्नेछ।

९. सर्वसाधारण मतदान (विशेष व्यवस्था)

कुनै पनि नेपाली नागरिकलाई एकपटक पार्टी नेतृत्व छनोटमा मतदान गर्ने अधिकार। यो पार्टीभित्रका षड्यन्त्रविरुद्ध बाह्य चेक एण्ड ब्यालेन्स अनिवार्य शर्त हो। तर यसलाई क्लोज्ड सदस्यले नियन्त्रण गर्नेछ।

१०. शून्य सहनशीलता नीति (कठोर प्रतिबद्धता)

भ्रष्टाचार, सामूहिक हत्या वा मानवता विरुद्धको अपराधीलाई आजीवन सदस्यता निषेध गर्नेछ।
Ethics Committee – अनुशासन र सत्यनिष्ठा सुनिश्चित गर्ने।

११. राष्ट्रिय सुरक्षा र अर्थनीति

गोर्खा परम्परा पुनर्जागरण – आत्मगौरव र सैनिक शक्ति पुनर्स्थापना।
महाथिर मोडलबाट प्रेरित पूर्वाधार विकास – एयरपोर्ट, सडक, होटल क्लस्टर, सञ्चार पूर्वाधार।
उत्तर-दक्षिण 4/6/8 लेन महामार्ग दीर्घकालीन समृद्धिको धमनी।
विदेशी बैंक र वित्तीय पहुँच नियमनसहित खुला प्रतिस्पर्धा र लगानी प्रवाह।
सन्तुलित विदेश नीति – भारत, चीन, अमेरिका र पश्चिमसँग व्यवहारिक साझेदारीः राष्ट्रिय स्वार्थ सर्वोपरि।

१२. युवा र आन्दोलन मान्यता

Gen Z र Alpha लाई निर्णायक ठाउँ नेतृत्व र प्रशिक्षण कार्यक्रम।
सेप्टेम्बर आन्दोलन – औपचारिक मान्यता, त्यसका मागहरू पार्टी नीतिमा समावेश।
-नेपाली कांग्रेस वंशवाद-रहित, पारदर्शी, आधुनिक र राष्ट्रिय हितमा अडिग लोकतान्त्रिक पार्टीमा रूपान्तरण हुनेछ।
– सुरक्षा, अर्थतन्त्र, पूर्वाधार, समावेशिता र पारदर्शिता नै भविष्यको कांग्रेसको स्तम्भ।
– अबको कांग्रेस – जनतासँग, राष्ट्रको आत्मगौरवसहित।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *