प्रहरी चौकी जलाएर लुटपाट गर्ने दुईजना पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी तथा लुटपाट गर्ने समूहका व्यक्ति पक्राउ परेका छन् ।

भदौ २४ गते कुपण्डोलस्थित हनुमानस्थानमा रहेको प्रहरी चौकीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । पक्राउ पर्नेमा सानेपा बस्ने २४ वर्षीया सृष्टी तामाङ र बैतडी, मलौली नगरपालिका- ९ घर भई ललितपुरको कुपण्डोल वस्ने २४ वर्षीय धीरेन्द्र चन्द छन् ।

उनीहरूले प्रहरी चौकी तोडफोड र अगजनी गरी त्यहाँ रहेका प्रहरी पोशाक, हतियार र खाद्यान्नका सामान लुटेका थिए । विभिन्न सामाजिक सञ्जालमा त्यसका दृश्यहरुको अध्ययनपछि उनीहरू पक्राउ परेको एसएसपी अधिकारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *