होटलमा दुई दिन युवतीसँगै बसेका युवक मृत भेटिए, हत्या आरोपमा युवती पक्राउ

रुपन्देही । बुटवलमा एक युवकको हत्या आरोपमा युवती पक्राउ परेकी छन् । बुटवल उपमहानगरपालिका-१ मैनाबगरका २७ वर्षीय रोहित थापाको हत्या गरेको आरोपमा सोही नगरपालिकाको वडा-५ ध्रुवनगरकी २३ वर्षीया सुनिता केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार थापा र केसी असोज २ गते साँझ बुटवल–२ पाखापानीस्थित भूमि रेस्टुरेन्ट एन्ड लजमा पुगेका थिए । उनीहरू ३०२ नं। कोठामा दुई दिनसम्म बसिरहेका थिए ।

शनिवार दिउँसो सोही कोठामा थापा मृत फेला परेपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या गरिएको पुष्टि भएपछि घटनास्थलमै साथ रहेकी केसीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी उनलाई ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।‘घटना अलिकति फरक तरिकाको देखिएको छ, हामी अनुसन्धानमै छौँ, छिटै यसलाई सार्वजनिक गर्नेछौँ’ रानाले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *