
चितवन । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाएर बाटो छिचोलिएको छ ।शुक्रबार साँझ ६ बजे खसेको पहिरो ४५ घण्टापछि पन्छाइएको हो ।
पहिरो तत्काल नझरेकोको अवस्था केहीबेरमै एकतर्फी बाटो खुलाउने तयारी भइरहेको चितवनका सिडिओ गणेश अर्यालले नेपाल प्रेसलाई बताए ।
उनले भने,‘पहिरो पन्छाएर बाटो छिचोलेको छ । पहिरो तत्काल खसेन भने केहीबेरमा एकतर्फी बाटो खुलाउने तयारीभइरहेको छ ।’ पहिरोको कारण उक्त सडकखण्ड ४५ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
शुक्रबार रातिदेखिनै पहिराे खस्ने क्रम नराेकिएकाले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सयाैँ सवारी साधन बीच बाटाेमै अलपत्र परेकाे छ भने यात्रुहरु पनि विचल्लीमा परेका छन् ।
सडक डिभिजन भरतपुरको टोलीले बिहानैदेखि एक्टाभेक्टर रोलर र डोजर प्रयोग गरी पहिरो पन्छाइरहेको छ ।

Leave a Reply