काठमाडौं । सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप गरेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ९ को उपदफा ३ बमोजिम, देशमा विद्यमान असहज परिस्थितिको कारण रोजगारदाता र योगदानकर्ताले साउन महिनाको योगदान रकम आगामी असोज ५ भित्र कोषमा जम्मा गर्न सक्ने व्यवस्था गरेको हो ।
सामाजिक सुरक्षा कोषले यस कदममार्फत योगदानकर्तालाई सहज र समयमै योगदान गर्ने अवसर उपलब्ध गराएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए । कोषमा अघिल्लो महिनाको योगदान रकम पछिल्लो महिनाको २५ गतेसम्म जम्मा गर्न सकिने व्यवस्था छ ।


Leave a Reply