सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए, कोटेश्वर पुगेर हेरे जलेको घर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि पार्टीको काममा फर्किएका छन् ।

जेनजी आन्दोलनले उग्र रूप लिएपछि सेनाको सुरक्षामा रहेका अध्यक्ष नेपाल सेनाको सुरक्षाबाट बाहिर आएका हुन् ।

सेनाको सुरक्षाबाट फर्किएपछि आज कोटेश्वरमा आन्दोलनकारीले लगाएको घर हेर्न पुगे। प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए ।

अध्यक्ष नेपालसँग उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठलगायत साथमा थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *