काठमाडौं । कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रीकाे शपथ ग्रहण तथा पदभार ग्रहणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अनुपस्थित भएका छन् । उनी किन आएनन् भन्नेमा कतिपयकाे जिज्ञासा रहेकाे थियाे ।
शाक्य भने विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत गराएर नै भदाै २१ गते फ्रान्स गएका थिए । हाल उनी कोरियामा कार्यक्रममा नै छन् । नेपालमा जेनजीको आन्दोलन हुनुभन्दा पहिले नै शाक्य फ्रान्स गएका थिए ।
शाक्यको सचिवालयलाई उर्जा मन्त्रीको पदभारमा किन नआउनु भएको भन्ने प्रश्नमा शाक्य नेपालमा नभएको बतायो । सचिवालयले भन्यो, ‘प्राधिकरणका कार्यकारी निर्देशक सर असौज २१ गते कार्यक्रमका लागि फ्रान्स जानु भएको हो । अहिले उहाँ कार्यक्रमका लागि नै कोरिया पुग्नु भएको छ । सञ्चालक समितिबाट स्वकृत गराए जानु भएको हो । अब शाक्य बिहीबार नेपाल आउनु हुन्छ ।’
धेरैले कुलमान मन्त्री भएर आएपछि शाक्यले मिलेर काम गर्लान् की राजीनामा दलान भनेर भनिरहेका छन् । तर, मन्त्री र एमडीले यस विषयमा अहिलेसम्म केही बोलेका छैनन् ।
Leave a Reply