विशेष अदालतमा ३० दिनभित्र म्याद थाम्न सकिने, नियमित सुनुवाई स्थगित

काठमाडौं । विशेष अदालत काठमाडौंले विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै सेवा सञ्चालन सम्बन्धी सूचना जारी गरेको छ । आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार म्याद गुज्रिएका मुद्दामा म्याद (तारीख) थाम्न ३० दिनको समय दिइएको छ ।

अदालतले श्रव्यदृश्यमार्फत हुने क्यान र बकपत्रसम्बन्धी कार्य अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छ । तर, आरोपपत्र दर्ता, पक्राउ पुर्जी, जरुरी पुर्जी समर्थन, म्याद थप तथा अन्तिम हदम्यादमा दायर हुने मुद्दासम्बन्धी कार्य भने नियमित हुने अदालतका रजिष्ट्रार जितेन्दबाबु थपलियाले बताए ।

नियमित पेसीमा रहेका मुद्दाको सुनुवाई र अन्य कामकारवाही सुचारु गर्ने सम्बन्धमा आवश्यक व्यवस्थापन भएपछि अर्को सूचना जारी गरिने विशेष अदालतले स्पष्ट पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *