काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात

हेटौँडा । हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि हेटौँडाको मुख्य बजारमै कुटपिट भएको छ ।

हेटौँडा-१ मा बसोबास गर्दै आएका पुरुषोत्तम खड्काले आफ्नै पसलमा बसिरहेका बानियाँलाई आवेश पोख्दै हात हालेका हुन् । उनले काम नगरिदिएको रिस पोखेको बताइएको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले कुटपिट गर्ने खड्कालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए ।

यिनै खड्काले २०७९ को निर्वाचनमा मकवानपुरको हाँडिखोलामा चुनावी कार्यक्रममा मकवानपुर-२ का उम्मेदवार विरोध खतिवडालाई पनि कुटपिट गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *