रुपन्देही । हिंसात्मक आन्दोलन नरोकिएपछि बुटवलमा मंगलबार शैक्षिक संस्था बन्द हुने भएका छन् । सोमबार दिनभर देशभर भएको जेनजीको आन्दोलनका कारण अस्तव्यस्त भनेको विद्यालय क्षेत्र बुटवलमा भोलि मंगलबार बन्द गरिने भएको छ ।
आज विद्यालय पुगेका विद्यार्थी घर फर्कदा कर्फ्यू र आन्दोलनका कारण समयमा घर फर्कन पाएका थिएनन् । विद्यालय नजिकै घर भएकाहरुलाई केही सहज भएपनि टाढा घर भएर गाडी र अन्य साधनमा जानेहरु राती अबेरसम्म विद्यालयमा बस्नुपरेको थिएयो ।
विशेष परिस्थितिका कारण भोलि भदौ २४ गते बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्द हुने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले जानकारी दिएका छन् ।
बुटवल उपमहानगरपालिकाले आज सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूलाई एक दिनका लागि बिदा दिन अनुरोध गरेको हो ।


Leave a Reply