यो सरकारको औचित्य सकियो : डा शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला ? भन्दै जेनजी पुस्ताको माग जायज भएको बताएका छन् । उनले देशवाट भ्रष्टाचार निर्मुल हुनु पर्ने बताएका छन् ।

उनले लेखेका लेखेका छन्, ‘आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । उनले जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको बताएका छन् ।’

उनले अगाडि भनेका छन्, ‘आज भएको घटनाको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ । उनले श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन न सक्ने बताएका छन् । डा कोइरालाले पिडादायी क्षणमा मृतक घाइते र उनका परिवारसँग आफू रहेको बताएका छन् ।’

Comments

One response to “यो सरकारको औचित्य सकियो : डा शेखर कोइराला”

  1. ksp pyl Avatar
    ksp pyl

    अब कसको ओैचित्य छ त ? दिल्लीका भाडाका टट्टुहरूको ? यस्ता नालायक भाडाका टट्टुले गर्दा त देशमा अशान्ति भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *