रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ । आज बसेको सचिवालय बैठकले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, वर्तमान सरकारको औचित्य पुर्णतस् समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गरेको छ ।

Comments

5 responses to “रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग”

  1. ksp pyl Avatar
    ksp pyl

    फेसबुकले पालेका भाडाका टट्टुहरूलाई चुनाव चाहियो ।

  2. ksp pyl Avatar
    ksp pyl

    जनताले बनाएका हुन् प्रधानमन्त्री । तिमीहरूजस्ता मेटाक‍ो पैसा खाएकाले होईन । पश्चिमाका अराजक दलालहरूलाई राजिनामा माग्ने अधिकार कसले दियो ? प्रधानमन्त्री बनाएका जनताको निशानामा परौला है दलालहरू ।

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    यस्ता काम नलाग्ने व्यक्ती प्रम र गृहमन्त्री हुनुको कुनै औचित्य छैन। यिनीहरूको राजिनामाले १४ जना मृतक फिर्ता आउदैनन्। निरंकुश सत्ता ढल्नै पर्छ।

  4. राम काफ्ले Avatar
    राम काफ्ले

    तेरीमा आतंककारी जनताले बनाएको प्रधानमत्री त प्रतक्ष्य चुनिएको लाई भनिन्छ।

  5. Ram Bhattarai Avatar
    Ram Bhattarai

    अर्ली इलेक्सन हुन संसद विघटन गर्नु पर्यो. विघटन गर्दापनि यिनै ओलीले गर्नुपर्ने होला.सर्बोच्चले सरकार बन्ने विकल्प हुन्जेल संसद विघटन गर्न पाईदैन भनेको छ. हाल संसदको बनोटले सरकार बन्न सक्ने विकल्प छदैछ त्यसकारण ताजा जनादेश पर्खनु पनि पाँच बर्ष त पर्खनै पर्छ. अलि कानून बुझेर बोल न हौ ठेट्ना हो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *