एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।

आज बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रकाश ज्वालाले यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन नमिल्ने बताए।

जेन जी पुस्ताका युवाहरूको आन्दोलनबारे उनले भने, ‘सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गर्दछौ। नव युवाहरू (जेन जी) को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका जायज मागहरूको समर्थन गर्दछौँ ।’

सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासन विरोधि आन्दोलनको रूपमा अघि बढेको कुरा जायज रहेको बताए।

उनले भने, ‘सरकार हिंसात्मक दमनमा उत्रिएको छ। कुशासन र बेरोजगारीका लागि सडकमा आवाज उठ्नु स्वाभाविक हो र त्यसको सम्मान गर्दै अब राज्य जनतालाई सुशासन र रोजगारी दिने दायित्वबाट भाग्न पाउँदैन। आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन आन्दोलनकारी युवाहरूलाई अपिल गर्दछौँ ।’

अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गरी सामाजिक सञ्जाल खुलाउन माग गरेको छ।

Comments

One response to “एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा”

  1. ksp pyl Avatar
    ksp pyl

    जेनजिको माग पूरा गर्ने हो भने त माधवलाई पहिला जेल कोच्नुपर्छ सरकारी जग्गा बेचेर खाएको आरोपमा । तयार हो ? यो आन्दोलन जेनजिको नाम दिएर प्रचण्ड, रास्वपा, दुर्गाले ओलि सरकार ढाल्न विदेशीको निर्देशनमा गरेको नरसंहार हो । यसमा बालेन नामको भाडाको टट्टुको पनि हात हुनसक्छ । छानबिन गर सरकार र अझ कडा बन । शान्तिपूर्ण आन्दोलन गर्न सरकारले कसैलाई रोक्दैन । शिक्षकहरूले महिनौं आन्दोलन गरे त । आज पनि संसद भवन जलाउन नगएको भए केही हुदैनथ्यो । संसद भवन जलाउन जाने जेनजि होईनन । ती प्रचण्ड, रास्वपा, दुर्गे र दक्षिणका भाडाका टट्टु हुन् । सरकारले संसद भवन जल्नबाट बचाउन बल प्रयोग गर्दा घटना हुन गएको हो । जिम्मा लिनुपर्छ जलाउन गुण्डा पठाउनेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *