काठमाडौं । आजको आन्दोलनको प्रदर्शनका क्रममा झडप र गोली लागेर घाइते भएकाहरुलाई अस्पताल लैजाने क्रममा ५ वटा एम्बुलेन्स तोडफोड भएको नेपाल एम्बुलेन्स चालक संघले जनाएको छ ।
संघका केन्द्रीय सदस्य विपिन खड्काले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार तोडफोडका क्रममा एकजना एम्बुलेन्स चालक पनि घाइते भएका छन् ।
उनका अनुसार राष्ट्रिय ट्रमा सेन्टरको एउटा एम्बुलेन्स क्षतिग्रस्त भएको छ भने सुस्वास्थ्य नेपालको एउटा तोडफोड भएको छ।
त्यस्तै, नेपाल एम्बुलेन्स सर्भिस १०२ नम्बरका ३ वटा साधन बानेश्वरमा आन्दोलनकारी फुटाइदिएका छन् । संघले घाइतेको उद्दार र उपचारमा संलग्न एम्बुलेन्स र चालकमाथि आक्रमण नगर्न सबैमा अपिल गरेको छ।

Leave a Reply