जेन जी आन्दोलनमा माओवादीको समर्थन, बल प्रयोग नगर्न सरकारलाइ चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेन जीले भोलि गर्ने भनेको प्रदर्शनमा समर्थन रहेको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सामाजिक सञ्जाल रोक लगाउने सरकारको कदम गलत भएको उल्लेख गर्दै उक्त प्रदर्शनमा सरकारले बल प्रयोग गर्ने नगरोस् भन्दै चेतवानीसमेत दिएका छन् ।

‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छु’, उनले लेखेका छन्, ‘प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’

 

 

Comments

3 responses to “जेन जी आन्दोलनमा माओवादीको समर्थन, बल प्रयोग नगर्न सरकारलाइ चेतावनी”

  1. Laleek Avatar
    Laleek

    भनेसि वादिका युवाहरू जाने ह‍ो बुझिन्छनि, अँ भनेसि अहँकार !

  2. ksp pyl Avatar
    ksp pyl

    भ्रष्टाचार र तस्करीका लागि खोलिएका पार्टीहरू पनि भ्रष्टाचार विरोधी आन्दोलनमा । जनताका घरका मासुभातमा रमाईन्छ । पचाउन विहान विहान फौज लिएर हिडेर टिकटक बनाईन्छ । गरिव जनताको त स्वाट्टै मुक्ति हुने भयो नि अब ।

  3. ksp pyl Avatar
    ksp pyl

    जेनजिको एउटा प्रमुख माग बुढा नेताले छोडनुपर्यो रे । ४० वर्षदेखि पद ओगटेर बसेको प्रचण्डको जेनजिको आन्दोलनमा समर्थन छ रे । त्यसो भए जनार्दनलाई अध्यक्ष सुम्पेर जेनजिको माग पूरा गर्न थाल न साथि । जनार्दनको माग जेनजिको माग हो तिम्रो पार्टीमा । आफ्नो पार्टीमा जेनजिको माग गर्ने जनार्दनलाई पार्टी छोड भन्ने अनि लाजै नमानी ४० वर्षदेखि अनवरत पद कब्जा गरेर जेनजिलाई समर्थन छ रे । अलिकति लाज शरम छैन ? जेनजिको आन्दोलनमा घुसपैठ गराएर अशान्ति मच्चाएर ओलि सरकार ढाल्न पाए खान पाईन्थ्यो भनेर जे पनि बोल्ने ? बालेनको महानगरमा कसैसँग बोलचाल छैन । दुईचारजना तर मार्न पाएका सल्लाहाकार र एउटा पत्रकार छन् उसँग बोल्ने । त्यस्ताले जेनजि मा समर्थन रे । समाजमा चार जनालाई मिलाउन नसक्ने, घरकी श्रीमतिलाई मिलाउन नसकेर डिभोर्स भन्दै अर्की भित्र्याउनेहरू जेनजि रे । पहिला आफू सुध्र साथि हो । अनि समाज सुधार्न सकिन्छ । अहिलेको जेनजि पनि जथाभावि खाने, अनुशासन नभएका, समाजमा सम्मान, आदर नगर्ने, बाटोमा बाईक चलाउदा मान्छे मारौला जस्तो गरी हिडने र सडक अनुशासन पालन नगर्नेहरू देख्छु म त । पहिला आफू सुध्रिनुपर्छ । समाज सुध्रदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *